गृहमन्त्री श्रेष्ठले भेटे सभापति देउवालाई  « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

गृहमन्त्री श्रेष्ठले भेटे सभापति देउवालाई 


२६ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । सत्ता गठबन्धन प्रमुख घटक नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भेटेका छन् ।

देउवा निवास धुम्बाराहीमा शुक्रबार साँझ साढे ६ बजेतिर पुगेका श्रेष्ठ करिब पौने घण्टा बसेका थिए । पछिल्लो समय सामान्य केसमा काँग्रेसका नेतालाई पक्राउ गरेर गृहमन्त्रीले प्रतिशोध साँधेको भनी आजको संसदीय दल बैठकमा काँग्रेस सांसदले कुरा उठाएका थिए ।

गृहमन्त्री श्रेष्ठको कार्यशैलीलाई लिएर देउवासमेत असन्तुष्टि रहेको बुझेपछि र संसदीय दलमा आफ्नो तीव्र आलोचना भएको थाहा पाएपछि श्रेष्ठ देउवा भेट्न पुगेको बताइएको छ ।

हिजोमात्र पक्राउ परेका सांसद सुनिल शर्माको विषयमा नेतृत्वलाई ध्यानाकर्षण गराउँदै संसद चलिरहेको बेला प्रतिशोध साँध्ने गरी पक्राउ गरिएकोले गृहमन्त्रीले सदन र सार्वजनिक रूपमा जवाफ दिनुपर्ने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस