नेपाली नर्स पलायन हुने परिस्थितिलाई रोक्ने सरकार लागि पर्छ : प्रधानमन्त्री « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपाली नर्स पलायन हुने परिस्थितिलाई रोक्ने सरकार लागि पर्छ : प्रधानमन्त्री


२६ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली नर्सहरू विदेश पलायन हुने परिस्थितिलाई रोक्न सरकार लागि पर्ने बताएका छन् ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत मन्त्री बनेको सय दिन पूरा भएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हाम्रो सीमावर्ती क्षेत्रमा नेपालका नर्सहरू अर्को देशमा गएर तालिम लिने पढ्ने र त्यतैबाट अन्त जाने जुन परिस्थिति बनेको छ, हामी सबै स्वास्थ्य क्षेत्रमा काम गर्ने, मन्त्रालयदेखि सरकारदेखि सबैका लागि ठूलो प्रश्न बनेको छ । यसलाई रोक्न सरकार लागि पर्छ।’

उनले केही नीतिगत सुधार गरेर नर्सिङ सेवामा देखा परेका चुनौती सामना गर्न सरकार लागिपरेको बताए । उनले नयाँ सङ्कल्पसहित नयाँ प्रतिविद्धतासहित सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा आफू रहेको भन्दै स्वास्थ्य, शिक्षा र जनतालाई सेवा प्रदान गर्नेकुरामा ध्यान केन्द्रित रहेको बताए ।

‘केही नीतिगत सुधार गरेर नर्सिङ सेवामा देखा परेका चुनौती सामना गर्ने म आफैँले एउटा नयाँ सङ्कल्प लिएको विश्वास दिलाउन चाहन्छु।’ उनले भने, ‘ तर अहिले हामी एउटा नयाँ सङ्कल्पसहित नयाँ प्रतिविद्धतासहित सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा छौँ। सुशासनको पक्षमा मात्रै सरकारको बढी ध्यान गएको हो की भनेको जस्तो ठानेको सुन्छु, त्यस्तो होइन । स्वास्थ्य, शिक्षा र जनतालाई सेवा प्रदान गर्नेकुरामा ध्यान छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस