डोजर लिएर गएका महानगर प्रहरी र कपनका स्थानीयबीच झडप « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

डोजर लिएर गएका महानगर प्रहरी र कपनका स्थानीयबीच झडप


२५ श्रावण २०८०, बिहिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रहरी र कपनका स्थानीयबीच झडप भएको छ । महानगरपालिकाले स्थानीयसँग समन्वय नगरी कपन हुँदै बगेको खहरे खोला खन्न गएको भन्दै स्थानीयले विरोध गरेका हुन् ।

काठमाडौँ १० र बुढानीलकण्ठ ७ को सिमानामा रहेको क्षेत्रमा खोला अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना हटाउने भन्दै महानगर प्रहरी डोजर लिएर पुगेको थियो ।

नगरप्रहरी पुग्नासाथ स्थानीय भेला भएर आफूहरूसँग कुनै समन्वय नगरी महानगरपालिकाले खोतल्न लागेको भन्दै दुवै पक्षबीच झडप भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस