नीतिगत स्थिरता भए मात्र लगानी बढाउन सकिन्छ : चन्द्रप्रसाद ढकाल « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

नीतिगत स्थिरता भए मात्र लगानी बढाउन सकिन्छ : चन्द्रप्रसाद ढकाल


२४ श्रावण २०८०, बुधबार


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्तरिक तथा बाह्य दुवै लगानी वृद्धिका लागि नीतिगत स्थिरता अत्यन्त आवश्यक रहने बताएका छन् ।

बुधबार जनकपुरधाममा नेपाल उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेश कार्यालयको भवन उद्घाटन समारोहलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै अध्यक्ष ढकालले स्वदेशी तथा विदेशी दुवै लगानीका लागि नीतिगत स्थिरता जरुरी रहेको बताए ।

‘नीतिगत अस्थिरताले गर्दा लगानीमैत्री वातावरण बन्न सक्दैन । कुनै पनि मुलुकको कानुन, नीति अस्थिर भयो भने स्वदेशी होस् वा विदेशी दुवै लगानी भित्र्याउन सकिँदैन । त्यसैले हामीले सबै भन्दा पहिले नीतिगत स्थिरता बनाउन जरुरी हुन्छ । तब मात्र लगानी भित्र्याउन सकिन्छ र लगानीले प्रतिफल पाउने अवस्था पनि रहन्छ’, उनले भने ।

महासङ्घमा नयाँ कार्यसमिति आइसकेपछि विभिन्न फोरमबाट लगानीको वातावरण बनाउन पहल गरिरहेको बताउँदै अध्यक्ष ढकालले लगानीमैत्री वातावरण बन्न सकेमा आन्तरिक वा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन समस्या नहुने पनि बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको समयमा नेपाली उद्योगी व्यवसायीहरूको नेतृत्व गर्दै महासङ्घले भारतीय उद्योगी व्यवसायीहरूसँग दुई देशबीच लगानी तथा व्यावसायिक सम्बन्धमा छलफल भएको बारेमा बताउँदै अध्यक्ष ढकालले लगानीको वातावरण बनेमा भारतीय लगानी विस्तार गर्न सकिने पनि बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस