सानेपा प्रवेशमा रोकेपछि देउवाको घर घेर्ने नेविसंघको चेतावनी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सानेपा प्रवेशमा रोकेपछि देउवाको घर घेर्ने नेविसंघको चेतावनी


२४ श्रावण २०८०, बुधबार


काठमाडौँ । नेविसंघको असन्तुष्ट पक्षले केन्द्रीय कार्यालयमा भेला गर्न नदिएपछि पार्टी सभापति शेरबहादुर देउवाको घर घेर्ने चेतावनी दिएको छ ।

केन्द्रीय कार्यालयमा भेला आयोजना गरेर समानान्तर समिति गठनका लागि गएका विद्यार्थी नेताहरूलाई सडकमै प्रहरी लगाएर रोकिएपछि केहीबेर दुई पक्षबीच झडपको अवस्थासमेत आएको छ ।

सभापति दुजाङ शेर्पा पक्ष नाराबाजी गर्दै सोही ठाउँमा पुगेपछि सामान्य झडप समेत भएको थियो । प्रहरीले दोहोरो झडप हुन नदिन बीचमा बसेर रोकेको छ । भाडाका गुण्डा र प्रहरी लगाएर आफूहरूलाई रोकिएको भन्दै भोलि देउवाको घर घेराउ गर्न जाने उनीहरूले बताएका छन् ।

नेविसंघको ७१० सदस्यीय केन्द्रीय कार्य समिति गठन भए पनि विवाद बढेको छ । असन्तुष्ट नेताहरूले समानान्तर कार्य समिति घोषणा गर्ने तयारी थालेका छन् भने दुजाङ पक्षले भेलामा सहभागी नहुन चेतावनी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस