गृहमन्त्रीको सम्बोधनलाई एमालेले दियो ‘इमोसनल ब्ल्याकमेल’को संज्ञा « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

गृहमन्त्रीको सम्बोधनलाई एमालेले दियो ‘इमोसनल ब्ल्याकमेल’को संज्ञा


२३ श्रावण २०८०, मंगलबार


काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मङ्गलवार प्रतिनिधि सभालाई गरेको सम्बोधनलाई प्रमुख प्रतिपक्षी नेकपा एमालेले ‘इमोसनल ब्ल्याकमेल’को संज्ञा दिएको छ । एमाले प्रमुख सचेतक पदम गिरीले गृहमन्त्री श्रेष्ठले खास विषयमा प्रवेश नगरी संसद्लाई ‘इमोसनल ब्ल्याकमेलिङ’ गरेको बताए ।

नेकपा एमालेले सुन प्रकरणमा उच्चस्तरीय समिति बन्नुपर्ने भन्दै १० साउनदेखि संसद् अवरोध गरिरहेको थियो । मङ्गलवार गृहमन्त्रीको जवाफ सुन्न एमाले तयार भएको थियो । तर, उच्चस्तरीय छानबिन समिति बनाउन सरकार तयार नभएको भन्दै एमालेले फेरि संसद् अवरोध गरेको छ ।

सुन समातिएर केही व्यक्तिहरू पक्राउ परेपछि जस लिनलाई गृहमन्त्रीले हानथाप गरेको उनको आरोप छ । गृहमन्त्री श्रेष्ठले भने ६० दिनसम्म प्रकरणको अनुसन्धानरत निकाय केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई विश्वास गरिदिन आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस