आउने निर्वाचनमा काँग्रेस एक्लै निर्वाचन लड्छ : नेता महर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आउने निर्वाचनमा काँग्रेस एक्लै निर्वाचन लड्छ : नेता महर


२० श्रावण २०८०, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले ५ वर्षसम्म गठबन्धन सरकारको विकल्प नखोजिने स्पष्ट पार्दै आउने निर्वाचनमा भने काँग्रेस एक्लैले निर्वाचन लड्ने गरी तयारी गरिरहेको बताएका छन् ।  

वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको महरको आरोप छ । काँग्रेसले चलाएको आन्तरिक विशेष अभियान अन्तर्गत धनुषामा खटिएका केन्द्रीय सदस्य महरले सरकार जनताको जनजीविकाको सवालमा गम्भीर नरहेको आरोप लगाएका हुन् । 

जनकपुरधाममा सञ्चार कर्मीहरूसँग कुराकानी गर्दै महरले गठबन्धनको साझा अवधारणा अनुरूप जनताको पक्षमा सरकारले काम नगरिरहेकोमा आपत्ति जनाए । उनले सुन तस्करी प्रकरणमा भेदभावपूर्ण छानबिन गरिरहेको बताए । सरकारलाई जनताको जनजीविकाको सवालमा काम गराउनका लागि चौतर्फी दबाब दिनु आवश्यक रहेको महरको भनाई छ ।

उनले भने, ‘देशमा डेंगुको प्रकोप छ, किसानले मल पाएका छैनन्, खडेरीले किसान थप मारमा परेका छन्, उनले भने ‘सरकार यी समस्याहरू समाधान गर्न पहल त गरिरहेका छैनन् त्यसमाथि सुन तस्करी प्रकरणमा समेत सरकार चुकिरहेको छ ।’ 

Tags :
प्रतिक्रिया दिनुहोस