कुवेतको जेलमा ५७ नेपाली, दुईलाई जन्मकैद सुनाइएको छ : प्रस्तावित राजदूत लम्साल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कुवेतको जेलमा ५७ नेपाली, दुईलाई जन्मकैद सुनाइएको छ : प्रस्तावित राजदूत लम्साल


१८ श्रावण २०८०, बिहिबार


काठमाडौँ । कुवेतका लागि प्रस्तावित राजदूत घनश्याम लम्सालले ५७ जना नेपाली कुवेतका विभिन्न जेलमा कैदी जीवन बिताइरहेको जानकारी दिएका छन् ।

परराष्ट्र मन्त्रालयका सहसचिव समेत रहेका लम्सालले कुवेतको जेलमा कैदी जीवन बिताइरहेकामध्ये एक पुरुष र एक महिलालाई जन्मकैदको सजाय सुनाइएको जानकारी दिए ।

संघीय संसदको संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफमा प्रस्तावित राजदूत लम्सालले कुवेतमा नेपाली श्रमिकको संख्या ८५ हजार पुगेको आकलन रहेको पनि बताए ।

आफू राजदूत बनेर गएपछि कुवेतको जेलमा रहेका नेपालीको कैद घटाउने आफ्नो पहल हुने लम्सालले प्रतिबद्धता जनाएका छन् ।

कुवेतमा महिलालाई कामदारका रूपमा जान प्रतिबन्ध लगाएको छ । तर, अवैध प्रक्रिया र बाटोबाट हजारौँ महिला पुगेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस