छात्रवृत्तिका लागि महानगरले गर्‍यो परीक्षा केन्द्र निर्धारण « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

छात्रवृत्तिका लागि महानगरले गर्‍यो परीक्षा केन्द्र निर्धारण


१८ श्रावण २०८०, बिहिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ को छात्रवृत्तिका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ।

महानगरले यही साउन २० गते शनिबार बिहान ११ बजेदेखि परीक्षा संचालन गर्दैछ । परीक्षाका लागि १५ वटा परीक्षा केन्द्र तोकेको एक सूचना जारी गर्दै जानकारी दिएको छ।

उक्त सूचना अनुसार परीक्षाका लागि भानु मावि पानीपोखरी, विश्व निकेतन मावि त्रिपुरेश्वर, ज्ञानोदय मावि बाफल, जनप्रभात मावि कालीमाटी, जनकल्याण मावि बौद्ध, कन्या विद्यामन्दिर क्षेत्रपाटी र कुलेश्वर मावि कुलेश्वरमा केन्द्र तोकिएको हो।

यस्तै, पद्मकन्या विद्याश्रम मावि डिल्लीबजार, पद्मोदय मावि रामशाहपथ, पशुपति मित्र मावि चाबहिल, रत्नराज्य मावि बानेश्वर, सहिद शुक्र मावि बागबजार, संस्कृति मावि रानीपोखरी, शान्ति शिक्षा मन्दिर मावि ठँहिटी र सिद्धेश्वर मावि शान्तिनगर हुन्।

महानगरका अनुसार परीक्षा दिने विद्यार्थीको संख्या ६ हजार १७ जना छ। यसमध्ये सबैभन्दा धेरै विज्ञान विषयका लागि ४ हजार १५५ जना छन्। त्यसपछि व्यवस्थापनमा १ हजार ४८४ जना र प्राविधिक विषयका लागि २४५ जना छन्।

परीक्षाका लागि बिहीबारदेखि विद्यार्थीहरूले प्रवेशपत्र लिन सक्नेछन्।

Tags :
प्रतिक्रिया दिनुहोस