बाढीले क्षतिग्रस्त विद्युत् आयोजनालाई पुनर्कर्जा दिइने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बाढीले क्षतिग्रस्त विद्युत् आयोजनालाई पुनर्कर्जा दिइने


१७ श्रावण २०८०, बुधबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकले बाढीले क्षतिग्रस्त जलविद्युत् आयोजनालाई पुनर्क‍र्जा दिने भएको छ ।

जेठ ३२ र असार १ गते पूर्वी नेपालमा आएको बाढीले १३ वटा सञ्चालनमा रहेका र १७ वटा निर्माणाधीन आयोजना क्षतिग्रस्त भएका थिए । ती आयोजनाले सस्तो ब्याजको पुनर्कर्जा पाउने भएका हुन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान), नेपाल बैंकर्स एसोसिएसन र नेपाल राष्ट्र बैंकबीच मङ्गलवार बालुवाटारमा भएको त्रिपक्षीय छलफलमा राष्ट्र बैंकले बाढीले क्षतिग्रस्त जलविद्युत् आयोजनालाई पुनर्कर्जा दिने बताएको हो ।

बाढीले क्षतिग्रस्त आयोजनालाई रिफाइनान्सको सुविधा दिन, ब्याज पुँजीकरण र कर्जा पुनर्संरचना गरिदिन राष्ट्र बैंकलाई इप्पानका अध्यक्ष गणेश कार्कीले आग्रह गरेका थिए । त्यस्तै बाढीले क्षति पुर्‍याएका आयोजनामध्ये केही आयोजनाको विद्युत् उत्पादन गर्नुपर्ने मिति (आरसीओडी) नाघ्दा बैंकले कर्जा भुक्तानी गर्न दबाब दिएको कार्कीले बताए । जलविद्युत् आयोजनाको ब्याज पुँजीकरण गरे पनि बैंकलाई लाभांश बाँड्न रोक नलगाउने व्यवस्था गरिदिन पनि कार्कीले आग्रह गरे ।

पछिल्लो समय राष्ट्र बैंकले जारी गरेको निर्देशनअनुसार जलविद्युत् आयोजनामा लगानी गरेर बत्ती नबलुन्जेलसम्मको ब्याज आम्दानीलाई नाफामा देखाउन पाए पनि बैंकले लाभांश बाँड्न नपाउने व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस