कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापाको शपथ आज « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापाको शपथ आज


१७ श्रावण २०८०, बुधबार


काठमाडौँ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दैछन् ।

बिहान साढे १० बजे मुख्यमन्त्री थापाले शपथ लिने कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसदको समर्थनमा उनी मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख परशुराम खापुङले उनलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस