मन्त्रिपरिषद् बैठक बस्दै « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

मन्त्रिपरिषद् बैठक बस्दै


१६ श्रावण २०८०, मंगलबार


काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ५ बजेका लागि बोलाएको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्न लागेको हो ।

४ बजे बस्न लागेको संवैधानिक परिषदको बैठक लगत्तै बस्ने मन्त्रिपरिषद् बैठकले केही प्रशासनिकसँगै अन्य महत्त्वपूर्ण निर्णय गर्न सक्ने बताइएको छ । बैठकले केही सचिवको सरुवा गर्न सक्नेसमेत बुझिएको छ ।

प्रचण्ड प्रधानमन्त्री नियुक्त भएसँगै सिंहदरवारस्थित कार्यालयमा नियमित आउने गरेका छन् भने बैठकहरूसमेत कार्यालयमै सञ्चालन हुने गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस