निजामती कर्मचारी सङ्गठनका अध्यक्ष र महासचिव प्रहरी नियन्त्रणमा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

निजामती कर्मचारी सङ्गठनका अध्यक्ष र महासचिव प्रहरी नियन्त्रणमा


१५ श्रावण २०८०, सोमबार


काठमाडौँ । निजामती कर्मचारी विधेयकको माग गर्दै आन्दोलनमा उत्रिएका स्वतन्त्र निजामती कर्मचारी सङ्गठनका अध्यक्ष पशुपति पोखरेल र महासचिव मीनबहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सिंहदरवारको दक्षिण गेटमा धर्ना दिन बसेका उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरूलाई अनामनगर प्रहरी वृतमा राखिएको छ ।

सङ्गठनले कर्मचारी मैत्री संघीय निजामती सेवा ऐन जारी गर्नु पर्ने, टिप्पणी पेश गर्नेलाई कारबाही र निर्णय गर्नेलाई उन्मुक्ति दिन नहुने, उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन सार्वजनिक गर्नु पर्ने, आधिकारिक ट्रेड युनियनको व्यवस्था गरी निर्वाचन गर्नुपर्ने, सचिव र सहसचिवको सरुवा एक वर्षभन्दा कम समयमा गर्न नहुने, निजामती अस्पताल सुधार गर्नु पर्ने, करार, ज्यालादारी कर्मचारीको व्यवस्थापन गर्नुपर्ने लगायतको १० बुँदे माग राखेर आन्दोलन गरिरहेको छ । 

संघीय संसद् सुरु भएको साढे सात महिना हुँदा पनि सरकारले संघीय निजामती विधेयक संसद्‌मा ल्याउन सकेको छैन । संसद्‌को अघिल्लो कार्यकालमा सरकारले ल्याएको विधेयक राज्य व्यवस्था समितिले टुङ्ग्याएर सदनमा पेश गरेको थियो । संसद्‌मा रहेको विधेयक सरकारले फिर्ता लगेपछि ल्याउन नसकेको हो । 

Tags :
प्रतिक्रिया दिनुहोस