सरुवाबारेको सूचना प्रष्ट्याउँदै सामान्यले भन्यो-स्थानीय र प्रदेशमा समायोजित कर्मचारीका लागि होइन « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

सरुवाबारेको सूचना प्रष्ट्याउँदै सामान्यले भन्यो-स्थानीय र प्रदेशमा समायोजित कर्मचारीका लागि होइन


१४ श्रावण २०८०, आइतबार


काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भौगोलिक क्षेत्रको कार्यालयमा काम गर्न इच्छुक कर्मचारीसँग आवेदन माग गर्दै प्रकाशन गरेको सूचनालाई थप प्रष्ट पारेको छ । मन्त्रालयले आइतबार अर्को एक सूचना जारी गर्दै ११ साउनमा कर्मचारी सरुवा व्यवस्थापन सम्बन्धी अत्यन्त जरुरी सूचनाको ब्यहोरालाई थप प्रष्ट्याएको हो ।

‘‘संघीय निजामती सेवामा समायोजन भएका कर्मचारीहरू, संघीय निजामती सेवामा समायोजन भई कर्मचारी समायोजन ऐन, २०७५बमोजिम प्रदेश र स्थानीय तहमा कामकाजमा खटाइएका कर्मचारीहरू तथा संघीय निजामती सेवामा समायोजन भई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको रूपमा कामकाजमा खटाइएका कर्मचारीहरूलाई मात्र लागू हुनेछ,’  सूचनामा भनिएको छ,‘उक्त सूचना कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम प्रदेश तथा स्थानीय तहको सेवामा समायोजन भएका कर्मचारीहरू तथा तत् तत् प्रदेश र स्थानीय तहहरूको लागि लोक सेवा आयोग तथा सम्बन्धित प्रदेश लोक सेवा आयोगबाट सिफारिस भई नियुक्ति भएका कर्मचारीहरूको हकमा लागु नहुने जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

मन्त्रालयले ११ साउनमा जारी गरेको सूचनामा ‘क’ वा ‘ख’ वर्गको भौगोलिक क्षेत्रका कार्यालयमा काम गरिसकेका कर्मचारीले ‘ग’ वा ‘घ’ वर्गको तथा ‘ग’ वा ‘घ’ वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा कार्य गरी सकेका कर्मचारीहरूले ‘क’ वा ‘ख’ वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा काम गर्न इच्छुक भए ९ दिन भित्र मन्त्रालयमा इमेल गर्न भनेको थियो । 

सम्बन्धित समाचार : सरुवाका लागि ९ दिन भित्र निवेदन पठाउन कर्मचारीलाई सामान्यको सर्कुलर 

पीआईएस अपडेट गर्न भन्दै यस्तो आवेदन मागिएपछि असम्बनिधकत कर्मचारीले पनि आवेदन दिन थालेपछि मन्त्रालयले प्रष्टीकरण दिँदै सूचना निकालेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस