पाण्डेले पाए त्रिभुवन विमानस्थल भन्सार प्रमुखको जिम्मेवारी  « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

पाण्डेले पाए त्रिभुवन विमानस्थल भन्सार प्रमुखको जिम्मेवारी 


९ श्रावण २०८०, मंगलबार


काठमाडौँ । अर्थ मन्त्रालयले सहसचिव टोकराज पाण्डेलाई त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी दिएको छ ।

एक क्विन्टल सुन तस्करी प्रकरणपछि यसअघिका भन्सार प्रमुख अरुण पोखरेललाई हटाएर पाण्डेलाई जिम्मेवारी दिइएको अर्थ मन्त्रालयका सहायक प्रवक्ता वसन्तराज तिवारीले जानकारी दिए । 

पाण्डे आइतबार मात्रै राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालयमा सरुवा भएका थिए ।

सम्बन्धित समाचार : २६ सहसचिवको सरुवा, हेर्नुस् को कहाँ ? 

सहायक प्रवक्ता तिवारीका अनुसार प्रमुखको जिम्मेवारीमा पोखरेल भएपनि उनी बिदामा रहेका थिए ।

बिदामा रहेका पोखरेल मन्त्रालय तानिएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस