२६ सहसचिवको सरुवा, हेर्नुस् को कहाँ ?  « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

२६ सहसचिवको सरुवा, हेर्नुस् को कहाँ ? 


७ श्रावण २०८०, आइतबार


काठमाडौँ । सरकारले २६ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा अघिल्लो मन्त्रिपरिषद् बैठकले सङ्घ, प्रदेश तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो । 

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार राष्ट्रिय कितावखानाका महानिर्देशक टोकराज पाण्डेको अर्थ मन्त्रालयमा सरुवा भएको छ भने ललितपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल गृह मन्त्रालय आएका छन् । त्यसैगरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेशका  प्रदेश सचिव भीष्म कुमार भुसालको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशमा सरुवा भएको छ भने तीर्थ राज भट्टराईलाई श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशमा सरुवा गरिएको छ । 

हेर्नुहोस् सूची 

महिनौँदेखि गरेको सरुवा तयारी लामो रस्साकस्सी पछि सूची सार्वजनिक भएको छ । जसबारे केही दिन अघि प्रशासन डटकमले समाचार प्रकाशन गरेको थियो । 

सम्बन्धित समाचार : डुलाउँदा डुलाँउदै बिलायो सहसचिवको सरुवा सूची !

Tags :
प्रतिक्रिया दिनुहोस