सभामुख घिमिरे र चिनियाँ नेता युआनबीच भेटवार्ता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सभामुख घिमिरे र चिनियाँ नेता युआनबीच भेटवार्ता


८ श्रावण २०८०, सोमबार


काठमाडौँ । सभामुख देवराज घिमिरे र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय राजनीतिक ब्युरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव युआन च्या च्युनबीच भेटवार्ता भएको छ।

आज उनीहरुबीच भएको भेटमा द्विपक्षीय सम्बन्ध, आर्थिक, व्यापारिक, राजनीतिक, सामाजिक, धार्मिक आदानप्रदान लगायतका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।

भेटमा सभामुख घिमिरेले चीनले नेपाललाई उच्च महत्त्व दिँदै उपल्लोस्तरको भ्रमण गर्दै आएकामा आभार व्यक्त गरेका थिए।

सो अवसरमा पोलिटब्यूरो सदस्य युआनले आफू चिनियाँ राष्ट्रपति चिनफिङको निर्देशनमा नेपाल भ्रमणमा आएको बताउँदै नेपाललाई अन्नमा आत्मनिर्भर बनाउन चीनले सहयोग गर्ने बताएका थिए। उनले सभामुख घिमिरेलाई चीन भ्रमणको निम्तोसमेत दिए।

Tags :
प्रतिक्रिया दिनुहोस