शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर 


७ श्रावण २०८०, आइतबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहत शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

प्रावि तहको अस्थायी राहत शिक्षक दरबन्दीमा नियुक्ति हुँदा शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र पेस गरेको आरोपमा धनुषाको श्री नवयुवक आधारभूत विद्यालय, थुम्हौनामा कार्यरत राहत शिक्षक सीता कुमारी यादवविरुद्ध मुद्दा दायर गरिएको हो । 

शिक्षक यादवले अस्थायी राहत शिक्षक दरबन्दीमा नियुक्ति हुँदा बिहार संस्कृत शिक्षा बोर्ड, पटना, भारतबाट मध्यमा तह उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षकको हैसियतमा लाभ लिई निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको अख्तियारको ठहर छ । यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।   

Tags :
प्रतिक्रिया दिनुहोस