काठमाडौँ । वस्तु आयातको चार प्रकारका भुक्तानी प्रणाली सम्बन्धी व्यवस्था पुनरावलोकन गरिने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिमा यस्तो व्यवस्था गरिएको छ ।
ड्राफ्ट, टीटी, डीएपी र डीडीएको माध्यमबाट हुने आयातसम्बन्धी विद्यमान व्यवस्थामा आवश्यक पुनरावलोकन गरिने केन्द्रीय बैंकले उल्लेख गरेको गरेको छ ।