२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेनालाई कमजोर आँकलन गरिनुहुन्न : वामदेव गौतम

अ+ अ-

काठमाडौँ । सांसद वामदेव गौतमले नेपाली सेनालाई कमजोर आँकलन गर्न नहुने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद गौतमले नेपाली सेनाले अप्ठ्यारो परेका बेला देश र जनतालाई सधैँ सहयोग र योगदान गर्दै आएको स्मरण गर्दै नेपाली सेनाबारे जथाभावी अभिव्यक्ति दिन नहुने धारणा राखीन् । 

“नेपाली सेना राज्य शक्तिको नाम हो । सार्वभौमसत्ता, सीमाको रक्षा र राष्ट्रमा आइपर्ने जुनसुकै विपद्मा ज्यानको बाजी राखेर परिआएको खण्डमा बलिदान दिनेगरी सेवारत नेपाली सेनालाई यसरी अपमान गर्न हुँदैन”, उनले भनिन् ।

सांसद गौतमले नेपाली सेनाको इतिहासको स्मरण गराउँदै सेनाले विभिन्न क्षेत्रमा आफूलाई अब्बल बनाउँदै आएको उल्लेख गरे । “देशलाई बलिदानी दिन तयार रहेर सेवारत सेनालाई कमजोर बनाइनुहुन्न । राज्यका चार वटा अङ्गमध्ये एउटा मात्रै अङ्ग कमजोर भए हामीले दुर्घटना बेहोर्नुपर्छ । त्यसैले नेपाली सेनालाई अपमान गर्न हुँदैन”, उनले भनिन्।

‘सेनाको सङ्ख्या घटाएर त्यसबाट बचेको रकमबाट देश विकास गर्नुपर्छ’ भन्ने दिएको अभिव्यक्तिको कटाक्ष गर्दै सांसद गौतमले सेनालाई कमजोर तुल्याउने गरी कुनै पनि काम गर्न नहुनेमा जोड दिइन्। 

सांसद गौतमले नेपाली काँग्रेसले केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गरेकामा धन्यवाद दिँदै यसलाई कम्युनिष्ट पार्टीहरूले पनि अनुसरण गर्नुपर्ने बताइन् । उनले भनिन्, “काँग्रेसले केन्द्रीय समितिको बैठक खुला गरेर धेरै राम्रो काम गरेको छ, काँग्रेसलाई बधाई दिन चाहन्छु, त्यही बाटोमा कम्युनिष्ट हिँड्नुपर्छ ।”

सांसद गङ्गाकुमारी बेल्बासेले करिब एक सय केजी सुन तस्करबाट बरामद गरेको भन्दै सरकारलाई धन्यवाद ज्ञापन गरिन् । लामो समयदेखि समस्या बनिरहेको मिटरब्याज पीडितको समस्या समाधानको दिशातर्फ काम अघि बढेको भन्दै उनले यसलाई टुङ्गोमा पुर्‍याउन माग समेत गरिन् । 

म्यानमारमा नेपाली कामदारलाई थुनिएको विषय, कम्बोडिया, लाओसलगायत मुलुकमा कामदारलाई दिइरहेको यातना र ठगीबारे सम्बन्धित मुलुकमा कूटनीतिक पहलमार्फत समाधान खोज्न पनि उनले सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद दिलकुमारी रावल थापा (पार्वती) ले चितवनका केरा उत्पादक किसान बजार नपाएर चिन्तित रहेको, केरा खेतीमा लागू भएको बीमा कार्यक्रम रोकिएको भन्दै किसानका समस्या समाधानमा पहल गरिदिन सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराइन् । 

उनले किसानलाई समयमै मलको व्यवस्था गर्ने विषयमा सरकारको ध्यानाकर्षण गराइन् । सहकारीको व्यवस्थापन, सुन तस्करीको दोषीलाई कानुनी दायरामा ल्याउने विषयमा पनि उनले सरकारको ध्यानाकर्षण गराइन् ।

प्रतिक्रिया दिनुहोस