एमाले नेताहरू बालुवाटारमा, दिए प्रधानमन्त्रीलाई समवेदना « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

एमाले नेताहरू बालुवाटारमा, दिए प्रधानमन्त्रीलाई समवेदना


२९ असार २०८०, शुक्रबार


काठमाडौँ । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ नेतृत्वको एक टोली प्रधानमन्त्री निवास बालुवाटार पुगेको छ ।

पत्नी शोकमा रहेको प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर समवेदना व्यक्त गर्न उनीहरू बालुवाटार पुगेका हुन् ।

टोलीमा उपनेता नेम्वाङ सँगै उपाध्यक्ष विष्णु पौडेल,उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट,विमला राई पौडेल लगायतका नेताहरू बालुवाटार पुगेका थिए ।

नेम्बाङ लगायत एमाले सांसदहरुलाई धन्यवाद दिँदै प्रधानमन्त्री प्रचण्डले आफूमाथि पटक पटक पारिवारिक शोक परेका बेला सधैँ साथ र शुभेच्छा राखेको बताए ।

‘मलाई यस्तो अप्ठेरो परेका बेलामा तपाईँहरू आएर साथ सहयोग दिनुभयो, यसले मलाई विपत्ति सहन ठूलो बल मिलेको छ,’प्रचण्डले एमाले नेताहरूसँग भनेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस