काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएको छ ।
अस्पताल स्रोतकाअनुसार उनको आज बिहान ८ बजेर ३३ मिनेटमा नर्भिक अस्पतालमा निधन भएको हो ।
स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान नर्भिक अस्पताल लगिएको थियो ।
दाहाल पार्किन्सन रोगका कारण लामो समयदेखि अस्वस्थ थिइन् । दाहाल माओवादी केन्द्रको सल्लाहकार थिइन् ।
