काठमाडौँ । मन्त्रिपरिषद्को बैठक शुरु भएको छ । प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले ४ बजेका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा डाकेको बैठक भरखरै शुरु भएको हो ।
आजको नियमित बैठकमा एक सचिवको बढुवासंगै पदस्थापन र केही सचिवको सरुवा पनि हुदैछ । यसैगरि देढ दर्जन जति सहसचिवको सरुवा निर्णय हुन सक्ने जानकारी प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त भएको छ ।