२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काजमा रहेका कर्मचारीलाई आफ्नो दरबन्दीमा फर्किन निर्देशन

अ+ अ-

काठमाडौँ । काजमा बसेका कर्मचारीलाई फिर्ता गर्ने निर्णय गरिएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १७ असारमा भएको स्वास्थ्यमन्त्री स्तरीय निर्णयले साउन १ देखि लागु हुने गरी काजमा रहेका कर्मचारीलाई आफ्नो दरबन्दीमा फर्किन निर्देशन दिएको हो ।

सोमबार मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीको कामकाज व्यवस्थापन सम्बन्धमा ७ बुँदे निर्णय गर्दै  सातै प्रदेशका  मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, स्वास्थ्य मन्त्रालय मातहतका निकाय र सबै स्थानीय तहलाई निर्देशन दिएको छ ।

‘कर्मचारी समायोजन पश्चात् स्थानीय तहहरूको दोहोरो सहमतिका आधारमा कामकाजमा खटाइएका कर्मचारीहरूमध्ये स्वीकृत दरबन्दी भन्दा बढी स्वास्थ्य कर्मचारीहरूलाई तत तत स्थानीय तहमा साउन १ गतेदेखि लागू हुने गरी अनिवार्य काज फिर्ता गरी मन्त्रालयलाई जानकारी दिने,’ मन्त्रालयले जारी गरेको परिपत्रमा भनिएको छ ।

केही दिन अघि मात्रै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई सरुवा, काज तथा कामकाज गर्न खटाएको विषयमा स्वास्थ्य मन्त्रालयलाई कानुनी आधार सोधेको थियो ।

सम्बन्धित समाचार : सामान्यले स्वास्थ्य मन्त्रालयलाई सोध्यो- स्थानीयमा समायोजित कर्मचारीको सरुवा कुन कानुनको आधारमा गरिएको हो ?

प्रदेश तथा स्थानीय तहहरूमा समायोजन भई समायोजन भएको तहमा रमाना लिई नगएका चिकित्सक र स्वास्थ्यकर्मीलाई नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को नियम १२० बमोजिम समायोजन भएको निकायमा ७ दिनभित्र रमाना दिई जानकारी दिनसमेत निर्देशन दिएको छ ।

यसैगरी, प्रदेश र स्थानीय तहमा समायोजन भई सङ्घको विभिन्न निकायमा कामकाजमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई समायोजन भएको तत् तत् तहमा सात दिनभित्र काज फिर्ता गरी सो जानकारी मन्त्रालयमा दिन निर्देशन दिइएको छ ।

मेडिकल बोर्डको सिफारिसमा सङ्घ पुलमा समायोजन भई सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत रहेका स्वास्थ्यर्मीहरुको पुनः मेडिकल बोर्डबाट एक महिना भित्र स्वास्थ्य परीक्षण गराई स्वास्थ्य अवस्था अद्यावधिक गराउने र उपयुक्त निकायमा कामकाजमा खटाउन मन्त्रालयको निर्देशन छ ।

कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम कर्मचारी समायोजन क्रममा फाजिलमा रहेका तथा समायोजन नभएका कर्मचारीलाई मन्त्रालयले आवश्यकताको अनुसार कामकाजमा खटाउने भएको छ ।