गृहमन्त्री श्रेष्ठ र बालेनबीच भेट « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

गृहमन्त्री श्रेष्ठ र बालेनबीच भेट


२४ असार २०८०, आइतबार


काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)बीच डिनर मिटिङ भएको छ ।

मन्त्री श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत उनीहरुबीच भेटवार्ता भएको उल्लेख गरेका छन् । भेटमा जनताका मुद्दाहरूमा महत्त्वपूर्ण छलफल भएको उनले बताए । त्यस्तै, छलफललाई निरन्तरता दिने तथा देश र जनताका पक्षमा मिलेर परिणामुखी काम गर्ने आफूहरुबीचको सोच समान रहेको उनले लेखेका छन् ।

‘हिजो काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहसँग साथै खाना खाँदै देश र जनताका मुद्दाहरूमा महत्त्वपूर्ण छलफल भयो । उहाँको टीमका केही प्रतिभाशाली साथीहरू पनि सहभागी हुनुहुन्थ्यो’, मन्त्री श्रेष्ठले लेखेका छन्, ‘छलफललाई निरन्तरता दिने समझदारी बनेको छ । देश र जनताका पक्षमा मिलेर परिणाममुखी काम गर्ने हाम्रो समान सोच रह्यो ।’

Tags :
प्रतिक्रिया दिनुहोस