समाजवादी मोर्चाको नेतृत्व ६ महिनामा परिवर्तन गर्ने समझदारी « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

समाजवादी मोर्चाको नेतृत्व ६ महिनामा परिवर्तन गर्ने समझदारी


२३ असार २०८०, शनिबार


काठमाडौँ । समाजवादी मोर्चामा आबद्ध दलहरूले मोर्चाको अध्यक्षता ६/६ महिनामा आलोपालो गर्ने भएका छन् ।

एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा शनिबार बसेको बैठकले मोर्चाको अध्यक्षता ६/६ महिनामा पालैपालो गर्ने समझदारी गरेको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

‘सामान्यतया ६/६ महिनामा अध्यक्षता गर्ने सरसल्लाह भएको छ र यसको टुङ्गो आउँदो बैठकले गर्नेछ, समझदारी टुङ्गो नहुन्जेल माधव नेपालले नै अध्यक्षता गर्नुहुनेछ’ बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले भने ।

बैठकले मोर्चाको नीति तथा कार्यक्रम र आचारसंहिता बनाउन चार सदस्यीय कार्यदलसमेत गठन गरेको छ । कार्यदलमा नेकपा माओवादी केन्द्रका देव गुरुङ, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीका प्रमेश हमाल र नेपाल कम्युनिस्ट पार्टीका खड्गबहादुर विश्वकर्मा रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस