डोल्पाको त्रिपुरासुन्दरी साक्षर नगरपालिका घोषणा « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

डोल्पाको त्रिपुरासुन्दरी साक्षर नगरपालिका घोषणा


२२ असार २०८०, शुक्रबार


काठमाडौँ । हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका साक्षर नगरपालिका घोषणा भएको छ । शुक्रबार भव्य कार्यक्रमबीच साक्षर नगरपालिका घोषणा गरिएको हो ।

नगरक्षेत्रभित्रका १५ देखि ५९ वर्ष उमेर समूहका ९५.१३ प्रतिशत जनसङ्ख्या साक्षर भएसँगै नगरपालिकालाई साक्षर घोषणा गरिएको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ । 

साक्षर नगरपालिका घोषणा कार्यक्रममा बोल्दै नगरका प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपालीले शिक्षा जीवनको नभई नहुने आधार र भविष्य निर्माणको अस्त्र भएकाले शिक्षाको अवसर कसैले पनि गुमाउन नहुने बताए । नगरपालिमा शैक्षिक सुधारका लागि सबैक सरसहयोग आवश्यक रहेकोसमेत उनले बताए ।

त्यसैगरी, कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकायले विद्यालयमा पढाउनु मात्र शिक्षा नभई शिक्षकले व्यावहारिक ज्ञान पनि दिनुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस