२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सन्दीप र दीपेन्द्रले इमर्जिङ टिम्स एसिया कप नखेल्ने

अ+ अ-

काठमाडौँ । लेग स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले श्रीलङ्कामा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन् ।

ग्लोबल टी–२० लिग खेल्न क्यानडा जाने भएकोले सन्दीप र दीपेन्द्र यस पटक इमर्जिङ टिम्स एसिया कपमा हुने छैनन् ।

जिम्बाव्वेमा क्रिकेट विश्वकप छनोट खेलेर स्वदेश फर्किएपछि कप्तान रोहितले दुई खेलाडी इमर्जिङ कप नखेल्ने बताएका हुन् । रोहितले अरु खेलाडीलाई अवसर दिने बताए ।

इमर्जिङ टिम्स एसिया कप जुलाई १३ देखि २३ सम्म श्रीलङ्कामा हुँदैछ ।

ग्लोबल टी(२० क्यानडा लिग जुलाई २० देखि अगस्ट ६ सम्म हुनेछ । जसमा नेपालबाट सन्दीप र दीपेन्द्र छनोट भएका छन् ।

पहिलो पटक विदेशी लिगका लागि छनोट भएका दीपेन्द्रलाई मोन्ट्रेल टाइगर्सले ड्राफ्टमार्फत अनुबन्ध गरेको हो ।

यसअघि दुई पटक क्यानडामा लिग खेलिसकेका सन्दीप यस पटक सर्रे जागुअरमा अनुबन्ध भएका छन् ।

इमर्जिङ टिम्स एसिया कप पाँच टेष्ट राष्ट्रसँगै एसीसी प्रिमियर कपको शीर्ष तीन टोली नेपाल, यूएई र ओमानले खेल्नेछन् । नेपाल प्रिमियर कपको विजेता बनेको थियो ।

इर्जिङ कपमा नेपाल रहेको समूह बी मा पाकिस्तान ए, भारत ए र यूएई छन् ।

श्रीलङ्का ए, बङ्गलादेश ए, अफगानिस्तान ए र ओमान समूह ए मा छन् । नेपालले पहिलो खेल जुलाई १४ मा पाकिस्तान ए सँग खेल्नेछ ।

नेपालले दोस्रो खेल जुलाई १७ मा भारत ए सँग र तेस्रो खेल जुलाई १९ मा युएईसँग खेल्नेछ । नेपालले इमर्जिङ टिम्सको लागि छिटै टोली घोषणा गर्ने क्यानले जनाएको छ ।