२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदमा प्रधानमन्त्रीलाई जवाफ दिने वातावरण बनाऔँ : राष्ट्रिय सभा अध्यक्ष

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जवाफ दिने वातावरण बनाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिको विरोधमा एमालेले बैठकमा अवरोध जारी राखेपछि अध्यक्ष तिमिल्सिनाले उक्त आग्रह गरेका हुन् ।

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा सुरुमै एमालेले उठेर विरोध गर्‍यो । त्यसपछि अध्यक्ष तिमिल्सनाले एमाले सांसद विमला घिमिरेलाई बोल्न समय दिए । एमाले सांसद घिमिरेले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसदको कार्यसूची अगाडि नबढाउन आग्रह गरिन् । साथै उनले प्रश्न गरिन्, ‘नेपालको प्रधानमन्त्री नेपालले बनाउँछ कि दिल्लीले ?’

त्यसपछि राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सनाले एमालेले गरेको प्रश्न प्रधानमन्त्रीलाई भएको हुन सक्ने भन्दै जवाफका लागि वातावरण बनाउन आवश्यक रहेको बताए । ‘एउटा जिज्ञासा सोध्न चाहन्छु भन्नुभएको छ । सायद प्रधानमन्त्रीलाई नै त्यो प्रश्न होला’ अध्यक्ष तिमिल्सिनाले भने, ‘नेपालको सरकार नेपालले बनाउँछ कि बाहिरबाट भनेर सोध्नुभएको छ । यसको उत्तर दिन पनि प्रधानमन्त्रीले यहाँ बोल्ने वातावरण बनाउनुपर्छ । यस्ता जिज्ञासाहरू प्रश्नहरूको बारेमा प्रधानमन्त्रीलाई जवाफ दिने वातावरण बनाऔँ ।’