२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुमनुब्रीको स्याउलाई मनास्लु स्याउ नामकरण गरी ‘ब्रान्डिङ’ गरिँदै

अ+ अ-

गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाभित्र उत्पादन हुने स्याउलाई मनास्लु स्याउ नामकरण गरी ब्रान्डिङ गरिने भएको छ ।

गाउँपालिकाले पालिकाभित्र उत्पादित स्याउको निर्यात बढाउनका लागि स्याउको नामकरण मनास्लु राखेर ‘ब्रान्डिङ’ गर्ने घोषणा गरेको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए । ‘हिमाली क्षेत्र पर्ने भएकाले चुमनुब्री स्याउको राम्रो उत्पादन हुने गाउँपालिका हो’, उनले भने, ‘गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा पालिकाभित्र उत्पादित स्याउको नामकरण गरी मनास्लु स्याउ राखेर बजारसम्म पुर्‍याउने गाउँपालिकाको नीति रहेको छ ।’

सडक यातायातको पहुँच नपुगेकाले चुमनुब्रीमा उत्पादन हुने स्याउ बजारसम्म पुर्‍याउन पनि कठिन हुने र हेलिकप्टरबाट ढुवानी गरेर बजारमा पुग्दा महँगो पर्न जाने भएकाले बजारीकरणमा कठिनाइ हुँदै आएको अध्यक्ष लामाको भनाइ छ । अब सिङ्गो पालिकामा उत्पादन हुने स्याउको नामकरण गरी एउटै ब्रान्डको स्याउका रूपमा बजारसम्म पुर्‍याउने हाम्रो योजना छ’, उनले भने, ‘यसो गर्दा स्याउको बजार पनि विस्तार हुने र चुमनुब्रीको स्याउले बजारमा पहिचान पनि बनाउन सक्ने अवस्था हुन्छ ।’

अध्यक्ष लामाले गाउँपालिकाको नीति तथा कार्यक्रममा नै चुमनुब्रीभित्र स्याउ उत्पादनमा जोड दिँदै बजारीकरणका लागि गाउँपालिकाले पहल गर्ने योजना बनाएको बताए । ‘कृषि पेसाअन्तर्गत पनि यस क्षेत्रको प्रमुख आयआर्जन व्यावसायिक स्याउ खेती एक प्रमुख कृषि पेसा हो’, उनले भने, ‘हावापानीका हिसाबले पनि राम्रो उत्पादन हुने क्षेत्र भएकाले यसलाई प्राथामिकीकरण गरेर जानुपर्छ भन्ने स्थानीय सरकारको जोड छ ।’