२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रजिअ बस्नेतका तीन प्राथमिकता : भन्छन्, ‘शासक होइनौँ सेवक हौँ’

अ+ अ-

काठमाडौँ । काठमाडौँका नवनियुक्त प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले पदवहाली गरेका छन् । प्रजिअ घनश्याम उपाध्याय मङ्गलवार सचिवमा बढुवा भएसँगै उनको ठाउँमा शान्ति सुरक्षा महाशाखा प्रमुख एवं गृह प्रवक्तासमेत रहेका सहसचिव बस्नेतलाई मन्त्रालयले प्रजिअ बनाई पठाएको हो ।

सम्बन्धित समाचार : काठमाडौँको सिडिओमा जितेन्द्र बस्नेत जाँदै

अधिकांश समय गृह मन्त्रालय र मन्त्रालय मातहतकै निकायमा काम गरेकाले बस्नेत गृह प्रशासनबारे जानकार छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशक, विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी निर्वाह गरिसकेका बस्नेत अनुभवका हिसाबले गृह प्रशासन उनका लागि नौलो होइनन् ।

पदवहालीका क्रममा बस्नेतले भने, ‘यो जिम्मेवारी मेरा लागि चुनौतीपूर्ण छ । तर, नयाँ जिम्मेवारी भने होइन । यो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न मेरो प्रयत्न रहनेछ ।’ 

प्रजिअ बस्नेतले जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरूलाई अन्य कार्यालयका कर्मचारीहरूले आदर्श कार्यालयको रूपमा हेर्ने भएकोले पनि प्रशासन कार्यालयको सेवा प्रवाह चुस्त दुरुस्त हुनु पर्ने बताएका छन् । सेवाग्राहीको अपेक्षा पनि यही रहने र अर्कोतर्फ अघिल्ला प्रजिअले सेवा प्रवाहमा गरेको सुधार र छोडेको छापलाई निरन्तरता दिनुपर्ने उनको भनाई थियो । ‘हामीले कति सेवा प्रवाह गरेका छौँ ? कति सेवाग्राहीमैत्री छौँ ? आम नागरिकका समस्यालाई कसरी फुकाउँदै हल गर्छौँ अथवा ती चुनौतीहरूको सामना गर्छौ, त्यसलाई हेरेर पनि अन्य कार्यालयहरूले नागरिकसँग व्यवहार गर्ने गरेको पाइन्छ ।’ उनले भने, ‘हाम्रो मूल्यमान्यतालाई सबैले अनुकरण गर्न योग्य हुने गरी काम गर्नुपर्ने हामी सामू चुनौती छ ।’

के छन् प्राथमिकता ?

काठमाडौँ संघीय राजधानी भएकाले यहाँ अवसर र चुनौती दुवै छन् । यहाँ घट्ने आपराधिक घटनाहरू नियन्त्रणदेखि शान्ति सुव्यवस्था कायम गर्नुपर्ने हुन्छ । बस्नेतको पहिलो प्राथमिकता पनि जिल्लाको समग्र शान्ति व्यवस्थालाई चुस्त दुरुस्त राख्ने नै रहेको छ । ‘शान्ति व्यवस्था खलल हुन नदिने पहिलो प्राथमिकता हो ।’ उनले भने, ‘ठुला सहरहरुमा विभिन्न आपराधिक घटनाहरू घट्ने गर्दछन् । ती घटनाहरूको नियन्त्रण गर्ने मेरो दोस्रो महत्त्वपूर्ण जिम्मेवारी रहन्छ । र, तेस्रो प्राथमिकता भनेको सेवा प्रवाहमा चुस्तता नै हो ।’ 

सीमित स्रोत साधन र जनशक्तिका बीच कसरी सेवा प्रवाहलाई छिटोछरितो, बिना झन्झट सहज रूपमा सेवा दिने भन्नेमा आफू केन्द्रित रहने उनले बताए । जिल्ला प्रशासन कार्यालय सेवाग्राहीको भिडभाड हुने कार्यालय हो । लामो लाइन बस्नुपर्ने, सेवा लिन समय लाग्ने जस्ता कारणले सेवाग्राही आक्रोशित हुने गर्दछन् । ‘सेवाग्राहीको गुनासो सम्बोधनका लागि एउटा सेवाग्राही कार्यालयभित्र प्रवेश गरेपछि बिताउनु पर्ने समयलाई छोट्याएर सकेसम्म चाँडो फर्काउनेतर्फ विशेष ध्यान रहन्छ ।’ उनले भने, ‘यसलाई सम्बोधन गर्न हामी टिमवर्कमा काम गर्नेछौँ ।’ 

शासक होइन सेवक

नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र सहजरुपमा प्रदान गर्न कार्यालयका सामू चुनौती छन् । सेवा प्रवाहका क्रममा आउन सक्ने समस्याहरू मन्त्रालयसँग समन्वय गरेर चाँडो भन्दा चाँडो समाधान गर्ने गरी आफूले काम गर्ने बस्नेतले बताए । ‘शासक होइनौँ, सेवक हौँ भन्ने व्यवहार हामीले देखाउनै पर्छ । म आफू पनि त्यही प्रदर्शन गर्छु । मेरो टिमबाट पनि त्यही अपेक्षा राख्दछु’ उनले भने, ‘नागरिक हाम्रा शासक हुन्, हामी नागरिकका सेवक हौँ । त्यसैले नागरिकको सहजताका लागि इमान्दार भएर स्वच्छ र निष्पक्ष तवरले न्याय प्रेमी भएर काम गर्छौ ।’

यसैगरी विपद् व्यवस्थापन पनि अर्को चुनौती हो । जिल्ला विपद् व्यवस्थापन समितिको संयोजकको भूमिका पनि प्रजिअले निभाउनु पर्ने हुन्छ । उक्त भूमिका प्रभावकारीरुपमा निर्वाह गर्ने उनले जानकारी दिए ।

मिठो बोली सेवाग्राहीलाई औषधि

प्रजिअ बस्नेतले कर्मचारीहरूले सेवाग्राहीसँग राम्रो व्यवहार गर्नुपर्ने बताए । कानुनअनुसार हुने काम तत्काल गर्ने र कानुनतः नमिल्ने छ भने त्यसलाई सहज रूपमा नागरिकलाई स्पष्ट रूपमा बुझाउनु पर्ने उनको भनाइ छ । ‘जो फ्रन्ट डेस्क र झ्यालबाट सेवा दिइरहनु भएको छ, सेवा लिन आउने नागरिकहरूसँग मिठो बोल्नुहोस्, मेरो अनुरोध छ ।’ उनले भने, ‘मिठो बोलीले सेवाग्राहीलाई औषधिको काम गर्छ ।’

बस्नेतका अनुसार टाढाबाट आएका, पालो कुरेर बसेका सेवाग्राहीलाई कर्मचारीहरूले मिठोसँग बोली दिए सेवाग्राही खुसी हुने र सकारात्मक छाप पर्ने गर्दछ । ‘कानुनले नमिल्ने नै छ भने राम्ररी सम्झाउन सक्यौँ भने उनीहरू दुःखी हुने छैनन्, खुसी भएर प्रक्रिया पु¥आउनेतर्फ लाग्नेछन् । तर, हामीले झर्केर बोल्यौँ, अहमता देखायौँ, शासकको जस्तो व्यवहार ग¥यौँ भने उनीहरू दुःखी हुनेछन्,’ उनले भने । 

सेवा प्रवाहमा भौतिक पूर्वाधारदेखि स्रोत साधन र जनशक्तिका हिसाबले धेरै चुनौती रहेको उनले बताए । चुनौतीका बाबजुद सेवा प्रवाहलाई सहज बनाउनै पर्ने उनको भनाइ छ ।