घुससहित पक्राउ परेका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

घुससहित पक्राउ परेका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर 


२१ असार २०८०, बिहिबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित पक्राउ परेका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका-५ का अध्यक्ष सबदुल मियाँविरुद्ध बिहीबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो । 

आयोगका प्रवक्ता भोला दाहालका अनुसार मियाँ भवन निर्माण सम्पन्न भएको सिफारिस दिने प्रयोजनका लागि सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ परेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस