मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै, ठेक्काको म्याद थप सम्बन्धी निर्णय हुन सक्ने  « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै, ठेक्काको म्याद थप सम्बन्धी निर्णय हुन सक्ने 


२१ असार २०८०, बिहिबार


काठमाडौँ । मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४ बजेका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बैठक डाकेका हुन् । 

नियमित बैठक अस्ति (मङ्गलवार) बसेपनि आजको बैठकले ठेक्काको म्याद थप गर्न सक्ने प्रशासन स्रोतले जानकारी दियो ।

केही दिनयता निर्माण व्यवसायीहरूले उच्च पदस्थहरूलाई भेटेर म्याद थपका लागि दौडधुप चलाएका थिए ।

सम्बन्धित समाचार : ठेक्काको म्याद थप्न ठेकेदारहरूको दौडधुप, प्राविधिक सचिवहरूको सक्रियता, भौतिक मन्त्रीले डाके बैठक 

समयमा काम नगर्ने अनि पटक-पटक म्याद थपाएर विकृति भित्र्याएको प्रशासकहरू बताउँदै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस