प्रहरी नायब निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रहरी नायब निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर 


२० असार २०८०, बुधबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायब निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

सेवाग्राहीसँग घुस-रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय जलेश्वर महोत्तरीका प्रहरी नायब निरीक्षक (लेखापाल) विनोद विष्टविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । 

निरीक्षक विष्टले भवन निर्माणको म्याद थप तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग २ लाख घुस-रिसवत लिएको अख्तियारको ठहर छ । 

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) को (घ) मा उल्लिखित कसुर भएकोले विष्ट उपर दुई लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) (घ) बमोजिम कैद र बिगो बमोजिम जरिवानाको मागदावी लिई मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस