बालेनले गगन थापालाई भने-‘बोलेको कुरा पुरा गर्नुहोला माननीय ज्यु’  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बालेनले गगन थापालाई भने-‘बोलेको कुरा पुरा गर्नुहोला माननीय ज्यु’ 


१९ असार २०८०, मंगलबार


काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (बालेन)ले काँग्रेस महामन्त्री एवम् सांसद गगन थापाले शैक्षिक संस्थालाई राजनीतिबाट बाहिर राख्नुपर्ने भनेर दिएको अभिव्यक्ति पूरा गर्न आग्रह गरेका छन् ।

महामन्त्री थापाले गिरिजा प्रसाद कोइरालाको शतवार्षिक समारोहलाई सम्बोधन गर्दै दलको झोला बोकेर विश्वविद्यालय छिर्न रोक लगाउनुपर्ने बताएका थिए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयलगायत शैक्षिक संस्थामा राजनीतिलाई अलग राख्न निर्णायक भूमिका खेल्नुपर्ने बताएका थिए ।

थापाले बोलेपछि पुरा गर्न आग्रह गर्दै मेयर बालेनले काठमाडौँ महानगर भित्रका सबै विद्यालय, शिक्षण संस्था, कार्यालयमा काँग्रेसको कुनै पनि भातृ सङ्गठन नभएको घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै भनेका छन्, ‘माननीय गगन थापाज्यु, दलको हिजो एक कार्यक्रममा, झोला बोकेर प्राध्यापक, कर्मचारी र विद्यार्थी विश्वविद्यालय छिर्न पाइँदैन भनेर त भन्नुभयो, नेपाली काँग्रेसको महामन्त्रीज्यूले नै भनेपछि, काठमाडौँ महानगर भित्रका सबै विद्यालय , शिक्षण संस्था , कार्यालय , सबै तिर काँग्रेस पार्टीको कुनै पनि भातृ सङ्गठन नभएको घोषणा गर्दछौँ ।’

बालेनले गगनलाई बोलेको कुरा पुरा गर्न पनि आग्रह गरेका छन् । ‘बोलेको कुरा पुरा गर्नुहोला माननीय ज्यु’, बालेनले भनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस