ललिता निवासको जग्गा घेराबारा गर्न नगर प्रहरीको जम्बो टोली बालुवाटारमा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

ललिता निवासको जग्गा घेराबारा गर्न नगर प्रहरीको जम्बो टोली बालुवाटारमा


१७ असार २०८०, आइतबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ललिता निवासको जग्गा घेराबाराको प्रक्रिया सुरु गरेको छ ।

राजु पाण्डे नेतृत्वको डेढ सयभन्दा बढीको महानगर प्रहरीको टोली बालुवाटार पुगेका छन् । ललिता निवास अन्तर्गतको खाली रहेको सार्वजनिक जग्गा संरक्षणका लागि महानगरले काम सुरु गरेको नगर प्रहरीले जनाएको छ । अहिले त्यहाँ राखिएका निर्माण सामग्री हटाउन निर्देशन दिइएको छ ।

बालुवाटार स्थित एनआरएनएको कार्यालय नजिकैको खाली जग्गामा घेराबारा गर्न महानगर प्रहरीको जम्बो टोली परिचालन गरिएको छ ।

सम्बन्धित समाचार : ललिता निवासको जग्गा घेराबारा गर्न बालुवाटार जाँदै नगर प्रहरीको टोली 

Tags :
प्रतिक्रिया दिनुहोस