बजेट संशोधन नभई पास हुन्छ : अर्थमन्त्री « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बजेट संशोधन नभई पास हुन्छ : अर्थमन्त्री


११ असार २०८०, सोमबार


काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट संशोधन नभइकन पास हुने बताएका छन् । 

सोमबार संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले बजेट असार १३ गते कुनैपनि संशोधन बिना पास हुने बताए । पहिला नै धेरै सुझाव लिएर बजेट ल्याएकाले विधिभित्र रहेर काम गर्ने उनले बताए ।

आफूले बजेट ल्याउँदा सीमित स्रोत, साधनलाई मध्यनजर गरेर ल्याएको भन्दै उनले वास्तविकतामा बजेट आधारित रहेको दाबी गरे । बजेटमा समानता भएन भन्ने सांसदहरूको भनाइ आफूले मागेअनुसार बजेट नआएको आक्रोश मात्रै रहेको महतको टिप्पणी छ । बजेटको सीमाभित्र रहेर सम्बोधन गर्नुपर्ने ठाउँमा सम्बोधन हुने महतले बताए ।

‘बजेट पास हुन्छ त्यसमा दुईमत नै छैन, महतले भने, ‘थोरै साधन स्रोत, आवश्यकता धेरै यो आजको वास्तविकता हो । आजको सम्भावित स्रोत साधनलाई मध्यनजर गरेर नै बजेट ल्याएको हो ।’ अहिले आएको बजेटअनुसार स्रोत पुर्‍याउन पनि धेरै मेहनत गर्नुपर्ने आवश्यकता रहेको महतले बताए । ‘आवश्यकता अनुसार बजेट भएन भनेर विभिन्न किसिमबाट अभिव्यक्ति आइरहेको छ, यसरी नभनिदिएको भए हुन्थ्यो भन्ने चाहना हो तर थोरै साधन स्रोतभित्र रहेर मैले गर्न सक्ने गरेको छु,’उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस