प्रधानाध्यापकलाई प्रोत्साहन भत्ता, विद्यार्थीलाई थपेर दिवा खाजा  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रधानाध्यापकलाई प्रोत्साहन भत्ता, विद्यार्थीलाई थपेर दिवा खाजा 


१० असार २०८०, आइतबार


काठमाडौँ । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७ अर्ब १५ करोडको बजेट ल्याएको छ । १३औँ नगर सभामा उपमेयर मञ्जुदेवी गुरुङले आगामी आर्थिक वर्षका लागि ७ अर्ब १५ करोड १५ लाख १७ हजारको बजेट प्रस्तुत गरेकी हुन् ।

महानगरले प्रधानाध्यापकहरूलाई कार्यसम्पादनका आधारमा प्रोत्साहन र विद्यार्थीको दिवा खाजाको लागि नेपाल सरकरले प्रदान गरेको प्रति विद्यार्थी प्रतिदिन १५ मा महानगरबाट १० थप गरी प्रतिदिन २५ पुर्‍याउन ४ करोड ६५ लाख विनियोजन गरेको छ ।

सामुदायिक विद्यालयहरूको समग्र व्यवस्थापनमा सुधार ल्याई शिक्षाको गुणस्तर वृद्धि गर्न बजेट विनियोजन गरिएको बजेटमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार : काठमाडौँ महानगरले शिक्षकलाई मासिक तलब दिने, प्रधानाध्यापकको भत्तामा वृद्धि

Tags :
प्रतिक्रिया दिनुहोस