काठमाडौँ महानगरले शिक्षकलाई मासिक तलब दिने, प्रधानाध्यापकको भत्तामा वृद्धि « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

काठमाडौँ महानगरले शिक्षकलाई मासिक तलब दिने, प्रधानाध्यापकको भत्तामा वृद्धि


१० असार २०८०, आइतबार


काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षकहरूले मासिक तलब पाउने भएका छन् । त्यसका लागि ३० करोडको सोध भर्ना कोष खडा गरिएको छ ।

आर्थिक वर्ष २०८०-८१ को बजेट प्रस्तुत गर्दै काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले सामुदायिक विद्यालयका शिक्षकको मासिक तलब भुक्तानी गर्न ३० करोडको सोध भर्ना कोष बनाइएको जानकारी दिइन् । हाल शिक्षकहरूले चौमासिक रूपमा तलब पाउँदै आएका छन् ।

काठमाडौँ महानगरपालिकाले प्रधानाध्यापकको मासिक भत्ता वृद्धि गर्ने घोषणा समेत गरेको छ । तर कति वृद्धि गर्ने भन्ने चाहिँ खुलेको छैन ।

काठमाडौँ महानगरले शिक्षा क्षेत्रमा १ अर्ब ३२ करोड ९ लाख ३३ हजार रुपैयाँ विनियोजन गरेको छ । यस अन्तर्गत ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ कार्यक्रमका लागि ५० करोड रुपैयाँ खर्च गरिने छ ।

यसैगरी सामुदायिक विद्यालय परिसरको सरसफाइ र सौन्दर्यीकरण गर्न ५ करोड रुपैयाँ विनियोजन गरिएको छ । सामुदायिक विद्यालयमा एक विद्यालय एक नर्स र एक विद्यालय एक सामाजिक सहजकर्ताको व्यवस्थापन समेत गरिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस