नगर प्रहरीको दरबन्दी थप्दै काठमाडौँ महानगर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नगर प्रहरीको दरबन्दी थप्दै काठमाडौँ महानगर


१० असार २०८०, आइतबार


काठमाडौँ । काठमाडौँ महानगरले नगर प्रहरीको दरबन्दी बढाउने भएको छ। आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट सार्वजनिक गर्दै उपप्रमुख सुनिता डङ्गोलले नगर प्रहरीको संख्या पाँच सय पुर्‍याइने बताइन्।

काठमाडौँ महानगरमा हाल स्थायी र करार गरी तीन सय ३३ नगर प्रहरी छन्। यसमध्ये पनि सक्रिय रूपमा खट्न सक्ने निकै कम भएकाले महानगरले नगर प्रहरीको दरबन्दी थप्न लागेको हो।

नगर प्रहरीसँगै कुचीकारलगायतको दरबन्दी पनि बढाउने उपप्रमुख डङ्गोलले बताइन्।

Tags :
प्रतिक्रिया दिनुहोस