हिसान शैक्षिक मेला नरोक्न अन्तरिम आदेश « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

हिसान शैक्षिक मेला नरोक्न अन्तरिम आदेश


६ असार २०८०, बुधबार


काठमाडौँ । उच्च अदालत पाटनले हिसान शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको छ ।

काठमाडौँ महानगरपालिकाले मेला बन्द गराएपछि उच्च माध्यमिक विद्यालय एशोसिएसन (हिसान) त्यसविरुद्ध अदालत गएको थियो ।

न्यायाधीश टेकप्रसाद ढुङ्गाना र रमेश ढकालको इजलासले हिसानको पक्षमा अन्तरिम आदेश दिएको उच्च अदालत स्रोतले जानकारी दिएको छ ।  उच्च अदालतले संघीय सरकारबाट अनुमति लिइसकेको कार्यक्रमका लागि स्थानीय तहको अनुमति नचाहिने भएकाले मेला नरोक्न अन्तरिम आदेश दिएको हो ।

३२ जेठदेखि भृकुटीमण्डपमा सुरु भएको शैक्षिक मेलामा ७५ वटा शैक्षिक संस्थाले स्टल राखेका थिए । तर काठमाडौँ महानगरको नगर प्रहरीले स्वीकृति विपरीत मेला सञ्चालन गरेको भन्दै पहिलो दिन नै बन्द गराएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस