काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाउपर चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका मध्ये सरकारी सार्वजनिक सम्पत्ति हानिनोक्सानी र गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दाहरूमा आयोगले बुधबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको गरेको हो ।
उक्त मुद्दामा शिवबाबु गुरुङसहित ४ जना र चिरञ्जीवी थापासहित २ जान रहेका छन् ।