३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रभावकारी बन्दै सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम

अ+ अ-

सिरहा । सिरहाको लहान नगरपालिकाले तीन वर्षअघिदेखि सञ्चालन गरेको ‘सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । नगरपालिकाका २४ वटै वडाका सुत्केरी तथा गर्भवतीलाई क्रमशः प्रत्येक महिनाको २२ गतेका दिन कार्यक्रमअन्तर्गत पोषण वितरण गरिँदै आइएको हो ।

सोही अनुसार सोमबार वडा नं २२ का ४० जना गर्भवती तथा सात जना सुत्केरी गरी ४७ जनालाई एक कार्यक्रमको आयोजना गरी नगरप्रमुख महेशप्रसाद चौधरीले पोषणका सामग्री वितरण गरे । 

स्थानीय तहको निर्वाचनअघि जनतासँग गरिएका प्रतिबद्धताअनुसार आफू नगरप्रमुख पदमा निर्वाचित भएदेखि भविष्यमा जन्मिने बच्चा स्वस्थ होस् भन्ने उद्देश्यले गर्भवती तथा सुत्केरीलाई कार्यक्रममार्फत पोषण वितरण सुरु गरिएको नगरप्रमुख चौधरीले बताए ।

“सुत्केरी अवस्थामा अति विपन्न परिवारका महिलाले पोषिलो खानेकुरा खान नपाउँदा बच्चामा कुपोषण हुने तथा आमाको स्वास्थ्यमा पनि समस्या हुने जोखिम रहन्छ । त्यसलाई रोक्न थोरै भए पनि सहयोग गरौँ भन्ने उद्देश्यले यो कार्यक्रम सुरु गरेको हौँ”, उनले भने, “अहिले यो अत्यन्त प्रभावकारी भइरहेको छ ।”

स्वास्थ्य संस्थामा नियमित जाँच गर्ने सुत्केरी तथा गर्भवतीलाई कार्यक्रममार्फत पोषण सामग्री वितरण गर्ने नीतिका कारण सुविधा पाएसँगै अहिले स्वास्थ्य संस्थामा नियमित जाँच गर्नेको सङ्ख्या बढ्दै गएको नगरपालिकाकी सिनियर अनमी रिता यादवले बताइन्।

उनका अनुसार यस कार्यक्रममार्फत हालसम्म चार हजारभन्दा बढी सुत्केरी तथा गर्भवतीले सुविधा पाइसकेका छन् । कार्यक्रमअन्तर्गत चामल, दाल, नुन, तेल, चना, सोयाविनलगायत पौष्टिक आहार र खाद्यान्न सामग्री वितरण गर्ने गरिएको उनको भनाइ छ ।

नगरभित्र विपन्न तथा दलितको जनसङ्ख्या उल्लेख्य भएकाले यहाँका सुत्केरी तथा गर्भवतीको पोषणको अवस्था सुधारका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने नगरप्रमुख चौधरीले बताए । पोषण सामग्री प्राप्त गरेसँगै गर्भवती तथा सुत्केरीले खुसी भएका उनले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस