बालेनका निर्णयप्रति विमति जनाउँदै सल्लाहकार रेशुले दिइन् राजीनामा « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

बालेनका निर्णयप्रति विमति जनाउँदै सल्लाहकार रेशुले दिइन् राजीनामा


६ असार २०८०, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शैक्षिक मामिला सल्लाहकार रेशु अर्यालले राजीनामा दिएकी छन् । मेयर बालेन साहका पछिल्ला गतिविधिप्रति असहमति जनाउँदै राजीनामा दिएकी हुन् ।

उनले बुधबार वक्तव्य जारी गर्दै मेयर साहका पछिल्ला एक्सन, निर्णय प्रक्रियालगायतका विषयमा असहमति जनाएर राजीनामा दिएको बताएकी छन् ।

उनलाई बालेनले मेयर भएलगत्तै सल्लाहकार नियुक्त गरेका थिए ।

आफ्नो मर्म र भावना विपरीतका शैक्षिक निर्णयहरू भएको भन्दै राजीनामा दिएकी अर्यालले कुन कुन निर्णय र के–के कदमबारेमा आफ्नो विमति हो त्यसबारे केही खुलाएकी छैनन् ।

पछिल्लो समयमा संस्थागत विद्यालयमा अनिवार्य १० प्रतिशत छात्रवृत्तिमा कडाइ गरेका बालेनले १३ हजार विद्यार्थीहरूलाई छात्रवृत्तिमा अटाएका थिए । हालै भृकुटीमण्डपमा भएको एक शैक्षिक मेलासमेत बालेनले बन्द गराएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस