बागलुङमा जीप दुर्घटना : दुई जनाको मृत्यु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बागलुङमा जीप दुर्घटना : दुई जनाको मृत्यु


६ असार २०८०, बुधबार


काठमाडौँ । बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठुलढुङ्गामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीले जानकारी दिए । उनीहरूको घटनास्थलमै मृत्यु भएको केसीको भनाइ छ । जीप मध्यपहाडी लोकमार्गबाट पाँच सय मिटर तल खसेको केसीले बताए ।

मृत्यु हुने दुवै जना पुरुष रहेको उहाँको भनाइ छ । जीप सडकभन्दा धेरै तल खसेको हुँदा अहिलेसम्म कति सवार थिए भन्ने यकिन हुन नसकेको सूचना अधिकारी केसी बताउछन् । अहिले प्रहरी घटनास्थलमा पुगेर उद्धार कार्यमा लागेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस