बाढीपहिरोमा मृत्यु भएकाको परिवारलाई १ लाख राहत दिने निर्णय  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

बाढीपहिरोमा मृत्यु भएकाको परिवारलाई १ लाख राहत दिने निर्णय 


४ असार २०८०, सोमबार


काठमाडौँ । कोशी प्रदेश सरकारले बाढी र पहिरोमा परी मृत्यु भएकाको परिवारलाई एक लाख रुपैयाँका दरले राहत दिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकको परिवारलाई एक लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको हो । 

प्रदेश सरकारले घाइतेको उपचारका लागि प्रति व्यक्ति ५० हजार रुपैयाँ उपचार खर्च दिने निर्णय पनि गरेको छ ।

शनिबार राति कोशी प्रदेशको ताप्लेजुङ, पाँचथर र सङ्खुवासभामा आएको बाढी र पहिरोका कारण ८ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता भएका छन् ।

सोमबारको मन्त्रिपरिषद् बैठकले नामकरणको विपक्षमा आन्दोलनरत पक्षसँग वार्ता गर्न गठित समितिको प्रशासनिक र व्यवस्थापकीय खर्च दिने निर्णय गरेको छ । कोशी सरकारले आन्दोलनरत पहिचान पक्षधरसँग सोमबार नै पहिलो चरणको वार्ता गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस