सियारीका विद्यालयहरू १४ दिन बन्द रहने  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सियारीका विद्यालयहरू १४ दिन बन्द रहने 


२३ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । गर्मी बढेपछि रुपन्देहीको सियारी गाउँपालिकाले पालिका भित्रका शैक्षिक संस्थाहरू बन्द गर्ने निर्णय गरेको छ ।  

बढ्दो गर्मीका कारण बिद्यार्थीहरुलाई विद्यालय जान/आउन तथा पठन-पाठनमा समस्या आएपछि १४ दिन पालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । 

पालिका अन्तरगतको शिक्षा समितिको आज मङ्गलवार बसेको बैठकले बुधबार देखि आगामी असार ५ गते सम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले जनकारी दिए ।  

पालिकाले पछिल्लो समय गर्मी अत्याधिक रूपमा बढ्दै गएको उल्लेख गर्दै आफ्ना बालबालिकालाई दिउसोको समयमा घाममा हिँडडुल गर्न नदिन आग्रह गरेको छ ।  

रुपन्देहीमा केही दिन देखि निरन्तर रूपमा ३८ देखि ४२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस