अख्तियारद्वारा ऐन विपरीत अधिकृत भर्नाबारे छानबिन सुरु  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अख्तियारद्वारा ऐन विपरीत अधिकृत भर्नाबारे छानबिन सुरु 


१६ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजविराज नगरपालिकाले ऐन विपरीत गरेको कर्मचारी भर्नाबारे छानबिन सुरु गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीमाथि अनुसन्धान थालेको हो । 

नगरपालिकालाई पत्र पठाउँदै अख्तियारलेले कुन आधारमा कर्मचारीहरूलाई भर्ना गरियो, नियुक्ति प्रक्रिया के हो ? भन्दै प्रणाम पेस गर्न भनेको छ । स्रोतका अनुसार आयोगले १५ दिनभित्र जवाफ पठाउन भनेको छ । 

राजविराज-१ का इन्जिनियर मो. फिरोज अलिलाई गत वैशाख १५ गतेदेखि अधिकृत छैटौँ तहमा दैनिक ज्यालादारीमा नियुक्ति दिएको थियो । अलीसँग सम्बन्धित सम्पूर्ण कागजात मगाएको अख्तियारले जनाएको छ । 

यसैगरी कार्यवाहक नगरप्रमुख भएकी उपप्रमुख इसरत परबिनले हालसम्म तीनजनालाई आफ्नो तोकआदेशमा दैनिक ज्यालादारीमा नियुक्ति दिएकी छिन् । उनले राजविराज-१ की इशा परबिनलाई असोज ४ मा र मोहम्मद सलाउद्दिनलाई असोज ९ तथा राजविराज-२ का हरिनारायण साहलाई असोज ११ मा नियुक्ति दिएकी हुन्। 

सम्बन्धित समाचार : तोकआदेशमा प्रशासकीय अधिकृतले गरे ऐनविपरीत कर्मचारी नियुक्त

नगर प्रमुख भीमराज यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी निलम्बित छन्। 

Tags :
प्रतिक्रिया दिनुहोस