तोकआदेशमा प्रशासकीय अधिकृतले गरे ऐनविपरीत कर्मचारी नियुक्त « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

तोकआदेशमा प्रशासकीय अधिकृतले गरे ऐनविपरीत कर्मचारी नियुक्त


१५ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । राजविराज नगरपालिकाले स्थानीय सञ्चालन ऐनविपरीत कर्मचारी भर्ना गरेको पाइएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले तोकआदेशमा दैनिक ज्यालादारीमा राजविराज नगरपालिका-१ का इन्जिनियर मो. फिरोज अलिलाई अधिकृत छैटौँ स्तर पदमा भर्ना गरेका हुन्। 

स्थानीय सञ्चालन ऐन, २०७४ को दफा ८३ को उपदफा (६) मा ‘स्थानीय तहको सेवा सञ्चालनका लागि अस्थायी दरबन्दी सिर्जना गर्न सकिने छैन’ उल्लेख गरिए पनि राजविराज नगरपालिकाले ऐनविपरीत कर्मचारी भर्ना गरेको हो।

नगर प्रमुख भीमराज यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी निलम्बित छन्। कार्यवाहक नगरप्रमुख भएकी उपप्रमुख इसरत परबिनले आफूखुसी कर्मचारी भर्ना गरेकी छन्। 

यता प्रमुख प्रशासकीय अधिकृतलाई प्रशासनले पटक-पटक सम्पर्क गर्दा उनको मोबाइलमा सम्पर्क हुन् सकेन् । 

यसअघि पनि नगरपालिकामा मनमौजी ढङ्गले आधा दर्जनजति कर्मचारी भर्ना गरिसकेको देखिएको छ । गत असोज ४ गते राजविराज नगरपालिका-१ की इशा परविण, ९ गते मोहम्मद सलाउद्दिन र असोज ११ गते राजविराज नगरपालिका-२ का हरिनारायण साहलाई डोर हाजिरीमा नियुक्ति दिइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस