काठमाडौँ । प्रमुख प्रशासकीय अधिकृतको नक्कली हस्ताक्षर गरेको आरोपमा एकजना कर्मचारी पक्राउ परेका छन्।
अधिकृतको नक्कली हस्ताक्षर गरी पेस्की फर्स्योट गर्न खोज्ने गरुडा नगरपालिकाकाको पोषण स्वयंसेवक पदमा कार्यरत रामनारायण सहनीलाई प्रहरीले पक्राउ गरेको हो ।
गोश्वारा भौचरमा साहहनीले नक्कली हस्ताक्षर गरी पेस्की फर्स्योट गर्ने प्रयास गरेको प्रमुख प्रशासकीय अधिकृत भुपदेव झाले बताएका छन् ।
उनले प्रशासनसँग भने, ‘गोश्वारा भौचरमा नक्कली हस्ताक्षर गरेको देखिन्छ, उहाँलाई पक्राउ गरिएको छ, अनुसन्धान हुदैछ, उहाँले गरेका हो या अन्य कसैले गराउन लगाको हो त्यो अनुसन्धानपछि खुल्छ ।’
सहनीलाई म्याद थपेर आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रवक्ता एवं डिएसपी उमाशङ्कर यादवले बताए ।
उनले भने, ‘पक्राउ गरेर म्याद थप गरी अनुसन्धान भइरहेको छ ।’